रास्वपा नेतालाई चार दिन हिरासतमै राखिने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्दीय सदस्य डा. अरनिको पाँडेलाई चार दिन हिरासत राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।
साइबर कसुरमा हिजो पक्राउ परेका उनलाई थप चार दिन थुनामा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको हो । राष्ट्रिय योजना आयोगका पूर्वसदस्य समेत रहेका पाँडेमाथि एक महिलालाई अपशब्द प्रयोग गरेर गालीगलौज गरेको आरोप छ ।
ती महिलाको जाहेरीका आधारमा उनलाई प्रहरीको साइबर ब्युरोले हिजो साँझ नियन्त्रणमा लिएको हो । वातावरणविद् समेत रहेका उनी रास्वपा सभापति रवि लामिछाने गृहमन्त्री भएका बेला योजना आयोगको सदस्य नियुक्त भएका थिए ।
टिप्पणीहरू