फिनाले सकिएपछि वास्तविकता उजागर
‘मिस नेपाल–२०२५’ को उपाधि लुना लुइँटेलले जितेकी छन् । हिजो साँझ ललितपुरको गोदावरीस्थित सनराईज हलमा भएको ग्राण्ड फिनालेमा उनी मिस नेपाल घोषित भएकी हुन् ।
आयोजक संस्था हिडन ट्रेजरले झण्डै तीन सय प्रतियोगीबाट २६ जनालाई फिनालेमा सहभागी गराएको थियो । सबैलाई पछाडि पार्दै लुना मिस नेपालको टाइटल जित्न सफल भइन् ।
त्यस्तै प्रतियोगितामा आरती थापाले मिस हेल्दी स्किन, प्रज्ञिका क्षेत्रीले मिस कन्फिडेन्ट, उरुषा भण्डारीले पपुलर च्वाइस, स्मृति श्रेष्ठले मिस फोटोजेनिक, श्रुति महर्जनले मिस इन्टलेक्चुअल र श्रृष्टीकुमारी तामाङले मिस ब्युटी विथ अ पर्पसको टाइटल जितेकी छन् ।
त्यसो त यस वर्षको प्रतियोगिता अघिल्ला वर्षहरुको तुलनामा चर्चामा आउन सकेन । कतिपयले ग्राण्ड फिनालेपछि मात्रै प्रतियोगिता चलिरहेको थाहा पाएको बताएका छन् ।
पछिल्लो समय यस्ता प्रतियोगिता कहिले सुरु हुन्छन् र कहिले सकिन्छन् भन्नेबारे युवा पुस्तामा खासै चासो हुन छाडेको छ । कुनै बेला नेपालको चर्चित रियालिटी शो मानिने ‘नेपाल आईडल’ पनि पछिल्लो समय ओझेलमा परेको छ । आज छैठौँ संस्करणको ग्राण्ड फिनाले हुँदैछ, तर पनि त्यसको चर्चा देखिँदैन ।
टिप्पणीहरू