थिएन्चिनमा प्रधानमन्त्रीको २० मिनेट

थिएन्चिनमा प्रधानमन्त्रीको २० मिनेट

प्रधानमन्त्री केपी शर्मा ओलीले सांघाई सहयोग संगठन (एससिओ) शिखर सम्मेलनलाई सम्बोधन गर्नुभएको छ । चीनको थिएन्चिन शहरमा आयोजित सम्मेलनलाई सम्बोधन गर्दै उहाँले राष्ट्रिय हित, द्विपक्षीय र अन्तर्राष्ट्रिय सम्बन्धबारे करिब २० मीनेट नेपालको धारणा राख्नुभएको छ । 

चिनियाँ राष्ट्रपति सि जिनपिङको मैत्रीपूर्ण निमन्त्रणमा अस्ति अपरान्ह त्यहाँ पुग्नुभएका ओलीले यसबीचमा विभिन्न मुलुकका कार्यकारी प्रमुखहरसँग भेटवार्ता गरिसक्नुभएको छ । हिजो सीले आयोजना गर्नुभएको स्वागत तथा रात्रिभोज कार्यक्रममा ओलीको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग जम्काभेट हुँदा उठेरै कुराकानी भएको थियो । प्रधानमन्त्रीको २७ सदस्यीय टोली थिएन्चिनबाट फास्ट ट्रेन चढेर बेइजिङ पुग्ने कार्यक्रम छ ।

पर्सि बिहानदेखि मध्यान्हसम्म थिआनमेन स्क्वायरमा हुने सैन्य परेड अवलोकनपछि उहाँ हिमालय एअरलाइन्सको उडानमा राति काठमाडौं आइपुग्नुहुने छ ।

टिप्पणीहरू