हिजोको सवारी दुर्घटनामा मृत्यु भएका दुईको शव फेला
दार्चुलामा हिजो भएको अटो दुर्घटनामा मृत्यु भएका दुई जनाको शव आज फेला परेको छ । नौगाड गाउँपालिका–५, सौकेबगरस्थित सडकम हिजो दिउँसो भएको अटो दुर्घटनामा दुई जनाको ज्यान गएको थियो ।
दुर्घटनापछि बेपत्तामध्ये दुई जनाको शव चमेलिया जलविद्युत सुरक्षा बेस बलाँच र नेपाल प्रहरीको संयुक्त टोलीले फेला पारेको हो । सडकबाट खसेको अटो खोलामा पुगेको थियो ।
टिप्पणीहरू