प्रधानमन्त्रीका सल्लाहकारलाई विदेशमै समात्न उजुरी

प्रधानमन्त्रीका सल्लाहकारलाई विदेशमै समात्न उजुरी

प्रधानमन्त्री केपी शर्मा ओलीसँगै चीन भ्रमणमा सामेल आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडालाई उतै पक्रन आग्रह गर्दै चिनियाँ मन्त्रीलाई इमेल पठाइएको पाइएको छ । पूर्व गभर्नर,पूर्व अर्थमन्त्री,योजना आयोगका पूर्व उपाध्यक्ष तथा अमेरिकाका लागि पूर्व राजदूत डा. खतिवडालाई कारबाहीको माग गर्दै इन्टरपोललाई समेत बोधार्थ पठाइएको छ ।

चिनियाँ सार्वजनिक सुरक्षामन्त्री वाङ सियाओजोङलाई सम्बोधन गर्दै डा. खतिवडा विभिन्न आर्थिक घोटालामा संलग्न भएको र हाल प्रधानमन्त्री केपी ओलीसँगै चीन भ्रमणमा रहेकाले उतै पक्रेर कारबाही गर्न मेल पठाइएको देखिन्छ । जनआस्थालाई प्राप्त इमेलमा नेपालका उच्च न्यायालयदेखि सर्वोच्च अदालतसम्ममा भ्रष्टाचार मौलाएको र लामो समयदेखि थुप्रै मुद्दा अनिर्णित रहेको उल्लेख गर्दै अदालत,संवैधानिक निकाय र सञ्चारमाध्यमलाई प्रभावमा पारेर ठूला आर्थिक प्रकरण दबाइएको आरोप उनीमाथि लगाइएको छ ।

डा. खतिवडासँगै पूर्व गभर्नर महाप्रसाद अधिकारीलाई समेत मुछेर सुमन मिश्रको नामबाट लेखिएको इमेल इन्टरपोल मुख्यालय र चीनको इन्टरपोल प्रहरीलाई बोधार्थ दिइएको छ ।

इमेलमा लेखिएको छ, ‘कडा कानुनको देश’ भएको कारण डा. खतिवडालाई उतै पक्राउ गरेर छानबिन गरियोस् ।" डा. खतिवडासँगै पूर्व गभर्नर महाप्रसाद अधिकारीलाई समेत मुछेर सुमन मिश्रको नामबाट लेखिएको इमेल इन्टरपोल मुख्यालय र चीनको इन्टरपोल प्रहरीलाई बोधार्थ दिइएको छ । उक्त इमेलमा लेखिएका विषयवस्तु, असम्बन्धित मुलुक र त्यहाँका मन्त्रीलाई लेखिएको इमेलको व्यहोराले मुलुकको बेइज्जती बाहेक अरु नहुने स्पष्ट देखिन्छ ।

खतिवडा प्रधानमन्त्रीसँगै चीनको राजधानी बेइजिङमा आज बिहान आयोजित भव्य सैनिक परेड अवलोकनपछि हिमालय एअरलाइन्सको उडानमा आज राति स्वदेश फर्कंदै छन् । हिमालय एअरलाइन्सको विशेष उडान नम्बर एचआइएम ००२ विमान राति पौने १० बजे काठमाडौं आइपुग्दै छ ।

प्रधानमन्त्रीको २७ सदस्यीय प्रतिनिधिमण्डलको सदस्यका रुपमा चीन गएका खतिवडा थिएन्चिनमा आइतबार र सोमबार सांघाई सहयोग संगठन (एससिओ) को २५ औं शिखर सम्मेलनमा सहभागी भएपछि प्रधानमन्त्रीसँगै हिजो दिउँसो फास्ट ट्रेनमा राजधानी बेइजिङ गएका थिए ।

यसवीच नेपाल प्रहरीको साइबर ब्युरोले यी "उजुरीकर्ता" सुमन मिश्रको वारेमा खोजबिन शुरु गरेको बुझिएको छ ।

टिप्पणीहरू