मेयर बालेन एकाएक ‘आशुकवि’

मेयर बालेन एकाएक ‘आशुकवि’

फेसबुकसहित सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले कवितामार्फत व्यङ्ग्य गरेका छन् । ‘भोलिबाट सपनामै भेट होला’ भन्दै फेसबुकमा कविता लेखेर उनले सरकारी निर्णयबारे टिप्पणी गरेका हुन् । 

उनले लेखेका छन्, ‘भोलिबाट सपनामै भेट होला, बाटोमा ढाट लागेपछि । घरबाट निस्किए, मनमा एक हौँला, घमण्डको माझ परेपछि । तिमी सम्झ मात्र मलाई रातमा आइदिन्छु । हामीबीच संसार आउन सक्दैन, हात समाइदिन्छु ।’

यता सरकारले हालसम्म सूचीकृत हुन नआएका फेसबुक, युट्युबसहित दुई दर्जनबढी सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

टिप्पणीहरू