गोदावरीमा आज कडाइ,अरु के-के हुँदैछ ?
गण्डकी र सुदूर पश्चिमका समूहगत छलफलको निचोड पेश गर्नुपर्ने टोली नेता चयनमा सहमति जुट्न नसक्दा ललितपुरको गोदावरीमा जारी एमाले बिधान अधिवेशनको आजका निम्ति निर्धारित बन्द सत्र शुरु हुन पाएको छैन ।
हिजोको छलफलका क्रममा बागमतीको काठमाण्डौ, काभ्रे,नुवाकोट,धादिङ र रामेछाप जिल्ला अध्यक्ष विद्याको पक्षमा
देखिएका छन् ।
सुदूर पश्चिमका ४९ मध्ये ४८ जनाले विद्याको पक्षमा बोलेका छन् । काठमाण्डौका अध्यक्ष दिपक निरौला,काभ्रेका राजन भुर्तेल,धादिङका भूमि त्रिपाठी,नुवाकोट का बद्रि मैनाली,र रामेछापका पुरुषोत्तम कडरियासहितले विद्या भण्डारीको सदस्यता रोक्न नहुने भनेका छन् । सरिता न्यौपाने,शर्मिला कार्की,कुलप्रसाद भट्ट, झम्क नेपाल,जेपी सिलवाल,सागर घिमिरे, सुशीला पाख्रिनसमेत कडा रुपमा प्रस्तुत भएका छन् ।
हलमा आजको प्रवेशलाई कडा पारिएको छ ।
टिप्पणीहरू