फेसबुक मार्फत् सरकारलाई प्रचण्डको आग्रह : जेन जीको माग पूरा गरियोस्
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेन जी युवाहरूको आन्दोलनप्रति ध्यानाकर्षण भएको जनाउनुभएको छ । उहाँले सरकारले निष्क्रिय बनाएको फेसबुकमार्फत नै सरकारलाई सचेत गराउनुभएको छ ।
‘जेन जीले उठाएका सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने र भ्रष्टाचारविरुद्धका मागहरूलाई तत्काल सम्बोधन गरियोस्,’ उहाँले भन्नुभएको छ, ‘स्थिति थप बिग्रिन नदिन सरकारले जिम्मेवारीपूर्वक ठोस कदम चालोस् ।’
पूर्वप्रधानमन्त्री प्रचण्डले आन्दोलनका क्रममा प्रहरीको गोली लागेर निधन भएका युवकप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । ‘आज जेन जी पुस्ताको प्रदर्शनका क्रममा भएको दुःखद घटनाले स्तब्ध र गम्भीर बनाएको छ,« उहाँले भन्नुभएको छ, ‘प्रहरीको गोली लागेर मृत्यु भएका युवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’
टिप्पणीहरू