जेन जी आन्दोलनमा मृतक संख्या बढ्यो, धेरै घाइते

जेन जी आन्दोलनमा मृतक संख्या बढ्यो, धेरै घाइते

राजधानीमा भएको जेन जी आन्दोलनका क्रममा तीन जना प्रदर्शनकारीको मृत्यु भएको छ । अनियन्त्रित आन्दोलन नियन्त्रण गर्ने क्रममा चलाइएको गोली लागेर उनीहरूको ज्यान गएको बताइएको छ । अपुष्ट स्रोतले मृतक संख्या पाँच पुगेको जनाएको छ ।

नयाँ बानेश्वरमा घाइते भएका दुई जनाको सिभिल अस्पतालमा उपचारका क्रममा दुई मृत्यु भएको हो । अर्का एक जनाको ट्रमा सेन्टरमा ज्यान गएको भनिए पनि पुष्टि गरिएको छैन । 

मृतकहरुको हालसम्म परिचय खुलाइएको छैन । उता, मीन भवनको सिभिल अस्पतालमा ८० जनाभन्दा बढी घाइतेको उपचार भइरहेको छ । उपचारको क्रममा अस्पतालमा औषधी र जनशक्तिको अभाव भएको बताइएको छ ।

चिकित्सक र स्वास्थ्यकर्मीहरुले घण्टौंदेखि पानीसमेत खान नपाएको अवस्थामा केही घाइते आन्दोलनकारी र प्रहरीको उपचार भइरहेको जनाइएको छ ।

त्यसैगरी, ट्रमा सेन्टरमा थप एक आन्दोलनकारीको मृत्यु भएको बताइएको छ, तर यसको स्वतन्त्र पुष्टि भने हुन बाँकी छ।

टिप्पणीहरू