१४ पुग्यो मृतक संख्या
सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेन जी समूहको प्रदर्शनका क्रममा मृतक संख्या १४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, उपत्यकाका ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १, त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जनाको ज्यान गएको छ ।
ती अस्पतालमा अझै धेरै घाइतेको उपचार भइरहेको छ । मृतक र घाइतेहरुको पूर्ण विवरण प्राप्त भएको छैन ।
टिप्पणीहरू