उता संंसद विघटनको माग,यता संसद सचिवालयको सूचना
नेपाली सेनाको मुख्यालय जंगी अड्डामा वार्ताका लागि प्रतिनिधिहरु पुग्न थालेपछि जेन जी अभियानमा लागेकाहरुले विभिन्न माग अघि सार्न थालेका छन् । व्यक्तिपिच्छे फरक माग राखिएको सामाजिक सञ्जालमा देखिन्छ । उनीहरुको प्रमुख मागमध्ये राष्ट्रपति वा प्रधानमन्त्री प्रत्यक्ष निर्वाचित कार्यकारी हुनुपर्ने भन्ने छ ।
संसदमा प्रतिनिधित्व गर्दै आएका दलहरुले पनि पछिल्लो समय उक्त मागलाई अनेक ढंगबाट राख्दै आएका थिए । जेन जीहरुले संसद विघटनको माग अघि सारेकै बेला संसद सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयले आजको पूर्व निर्धारित संसद बैठक स्थगन भएको जनाएका छन् ।
जारी सूचनामा आज दिउँसो १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारणबस सभामुखले अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गर्नुभएको व्यहोरा उल्लेख छ ।
टिप्पणीहरू