राष्ट्रपतिको तर्फबाट प्रधानसेनापति,पूर्व राजाको तर्फबाट प्रसाईं ?
प्रधान सेनापति अशोकराज सिग्देलले दुर्गा प्रसाईसँग जंगी अड्डामा छलफल गर्नुभएको छ । भोलि बिहान सबै पक्षसँग वार्ता गर्ने भन्दै प्रसाईंले आज दिनभर प्रधानसेनापति अशोकराज सिग्देलसँग देशको पछिल्लो अवस्था र आगामी बाटोबारे गहिरो छलफल भएको लेखेका छन् ।
जबकी केही मीनेट गरिएको कुराकानीलाई उनले दिनभर भेटघाट भनी प्रचार गरेका हुन् । आफूलाई नेतृत्वको मोह नभएको जनाउँदै प्रसाईंले बालेन,सुशीला वा जोसुकै तयार छन्, उनीहरूको नेतृत्व स्वीकार्न तयार रहेको लेखेका छन् ।
तर,कोही पनि अगाडि नबढेको अवस्थामा पिठ्युँ देखाएर नभाग्ने भन्दै आफूलाई प्रधानमन्त्रीको दाबेदारका रुपमा प्रस्तुत गरेका हुन् । हिजो प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिएर अज्ञात स्थलतर्फ लागेपछि राष्ट्रपतिले नयाँ सरकार गठनको पहल गर्न प्रधानसेनापति सिग्देललाई खटाउनुभएको हो । राष्ट्रपति सेनाको परमाधिपति हुनुहुन्छ ।
प्रसाईं राजा र राजसंस्था पुनर्स्थापनाका लागि मरिमेट्दै हिँडेका विवादास्पद पात्र हुन् । उनले आयोजना गरेको चैत १५ गतेको कार्यक्रम पनि हिंसात्मक भएको थियो ।
टिप्पणीहरू