आज बालुवाटारमा आराम,प्रधानमन्त्रीको पदबहाली भोलि मात्रै

आज बालुवाटारमा आराम,प्रधानमन्त्रीको पदबहाली भोलि मात्रै

प्रधानमन्त्री सुशीला कार्कीले भोलि मात्रै पदबहाली गर्नुहुने छ । गएराति शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको सपथ गराएपछि उहाँ पौने ११ बजे आगलागीबाट क्षतिग्रस्त प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुग्नुभएको थियो ।

शीतल निवासबाट निस्कनुअघि संसद विघटनको सिफारिसमा हस्ताक्षर गरेर उतै राष्ट्रपति पौडेललाई बुझाउनुभएको थियो । ३ दिनदेखिको भोक,निन्द्राका वीच त्यहाँबाट निस्केर सोझै बालुवाटारमा पुगी आराम गर्नुभयो ।

सचिवालय स्रोतका अनुसार भोलि आइतबार सिंहदरबार पुगेर पद बहाली गर्ने कार्यक्रम छ । आज दिनभर मन्त्रिमण्डल बिस्तारको तयारी गर्ने बुझिएको छ । त्यसबारे हिजो शीतल निवासमा समेत हल्का सल्लाह भएको बताइन्छ । 

शपथ सकेर जङ्गी अड्डा फर्कनुभएका उहाँले त्यहाँ प्रतीक्षारत जर्नेल (पृन्सिपल स्टाफ अफिसर्स) हरुलाई मन्त्री चयनमा आफूहरुको कुनै हस्तक्षेप नरहने जानकारी दिएको स्रोतको भनाइ छ । सिग्देलको भनाई उद्धृत गर्दै सोही स्रोत भन्छ, ‘सेनाले मन्त्रिमण्डल गठनवारे मागिएमा सुझावसम्म दिने हो । नाम सिफारिस गर्ने होइन । सल्लाह गर्ने हो,हस्तक्षेप गर्ने होइन ।’

प्रधानमन्त्रीको टिमले मन्त्रीहरूको नामबारे पहिले छलफल गर्ने र त्यसमा सेनाले कुनै हस्तक्षेप नगर्ने वचन प्रधान सेनापति अशोकराज सिग्देलले दिनुभएको छ । प्रधानमन्त्रीको शपथ सकेर जङ्गी अड्डा फर्कनुभएका उहाँले त्यहाँ प्रतीक्षारत जर्नेल (पृन्सिपल स्टाफ अफिसर्स) हरुलाई मन्त्री चयनमा आफूहरुको कुनै हस्तक्षेप नरहने जानकारी दिएको स्रोतको भनाइ छ । सिग्देलको भनाई उद्धृत गर्दै स्रोत भन्छ, ‘सेनाले मन्त्रिमण्डल गठनवारे मागिएमा सुझावसम्म दिने हो । नाम सिफारिस गर्ने होइन । सल्लाह गर्ने हो,हस्तक्षेप  गर्ने होइन ।’

सोही सन्दर्भमा नवनियुक्त प्रधानमन्त्रीले आज जेन जी समूहसँग बालुवाटारमा भेटेर कुराकानी गर्नुभएको छ । आजको भेटघाटमा हामी नेपालका सुदन गुरुङबाहेक अरु एक दर्जन सहभागी थिए  ।

यता जेन जीले टोल टोलमा सुरक्षाको लागि आफ्नो सक्रियतामा वाच डग कमिटी बनाउन लागेको सुरक्षा अधिकारीहरुले जनाएका छन् । त्यस्तै जनसरोकारसँग सम्बन्धित सरकारी कार्यालयको काममा प्रभावकारिता ल्याउन मुलुकभर त्यस्तै कमिटी बनाउने  योजना पनि उनीहरुको छ । एकजना अधिकृतले जेन जीको योजना उल्लेख गर्दै भने, ‘प्रहरी कार्यालय र चौकीमा हामीले समन्वयमा काम गर्दा राम्रो हुन्छ ।’

टिप्पणीहरू