११ बजे प्रधानमन्त्रीको पदबहाली,११:३० मा संबोधन
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले एकछिनपछि ११ बजे गृहमन्त्रालयको नयाँ भवनमा पदबहाली गर्न लाग्नुभएको छ । मन्त्रीहरू नियुक्त भैनसकेको अवस्थामा त्यसलगत्तै सबै सचिवलाई मार्गनिर्देशन लिन आउन उर्दी जारी गरिएको छ ।
सिंहदरवार अस्तब्यस्त छ,कर्मचारी र मन्त्रीहरूलाई बस्ने उपयुुक्त ठाउँसमेत नभएको गुनासो सुनिन्छ ।
०७२ सालको भूकम्पपछि पुननिर्माण गरिएको सिंहदरबारको मुख्य भवन लगभग क्षतिग्रस्त भएकाले त्यहाँबाट कुनै कार्य सञ्चालन हुन नसक्ने अवस्था छ । प्रधानमन्त्री कार्यालयसहित कतिपय मन्त्रालयको छतको पानी ट्याङ्की फुटाउने र आगो लगाउने कार्य हुनुका साथै शौचालय समेत भत्काइएको छ ।
टिप्पणीहरू