प्रधानमन्त्रीलाई चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताद्वारा बधाई

प्रधानमन्त्रीलाई चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताद्वारा बधाई

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई उत्तरी छिमेकी मित्रराष्ट्र चीनले बधाई दिएको छ । पत्रकारले सोधेका प्रश्नमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्तामार्फत् नेपालीको इच्छाअनुसार सघाउन आफू तयार रहेको जानकारीसहित दिइएको छ ।

नेपालको अन्तरिम प्रधानमन्त्रीमा अस्ति राती नियुक्त कार्कीको शीतल निवासमा आयोजित पद तथा गोपनीयता समारोहमा काठमाडौंस्थित चिनियाँ राजदूत छेन सोङ उपस्थित हुनुहुन्थ्यो । उता बेइजिङस्थित विदेश मन्त्रालयमा हिजो आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लिन चियानले कार्कीलाई चीनको बधाई सुनाएका हुन् ।

नेपालका पूर्व प्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकोबारे सोधिएको प्रश्नमा प्रवक्ताको भनाइ थियो, ‘चीनले कार्कीज्यूलाई नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री पदमा नियुक्त हुनुभएकोमा बधाई दिएको छ ।’

प्रवक्ताले चीन–नेपालबीच परम्परागत मित्रता गहिरो र पुरानो रहेको उल्लेख गर्दै ‘चीनले सधैँ नेपाली जनताले आफ्नै इच्छाअनुसार रोजेको विकास मार्गको सम्मान गरेको’ जनाए । चीन नेपालसँग मिलेर शान्तिपूर्ण सह–अस्तित्वका पाँच सिद्धान्तलाई प्रवर्धन गर्न तयार रहेको र विभिन्न क्षेत्रमा कायम आदानप्रदान तथा सहयोगलाई अघि बढाउँदै,नेपालसँगको सम्बन्धलाई निरन्तर अगाडि बढाउन  इच्छुक रहेको बताइएको छ ।

यसबीच अमेरिकी दूतावासले पनि नयाँ प्रधानमन्त्रीलाई आफ्नो सरकारका तर्फबाट बधाइ सन्देश आइसकेको एक बिज्ञप्तीमार्फत जानकारी दिएको छ ।

https://www.fmprc.gov.cn/fyrbt_673021/202509/t20250914_11708075.shtml

टिप्पणीहरू