यसकारण छिमेकी राम्रा हुनुपर्छ...

यसकारण छिमेकी राम्रा हुनुपर्छ...

आन्दोलनकारीको भेषमा गत मंगलबार विध्वंश मच्चाएको टोलीलाई स्थानीयले रोकेका कारण केही ‘टार्गेटेड’ नेताको घर जोगिएको छ । एमाले र नेपाली काँग्रेसका अधिकांश नेताको घर छानी छानी ध्वस्त बनाइएको अवस्थामा मंगलबारदेखि बेपत्ता निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार एवम् एमाले उपमहासचिव विष्णु रिमालको घर आगजनीबाट जोगिएको छ । 

शान्तिनगरस्थित घना बस्तीमा जोडिएको रिमालको घर जलाउन पुगेको अराजक भीडलाई स्थानीयले तोडफोड गरे पनि आगजनी नगर्न दुई हात जोडेर अनुनय विनय गरेका थिए । रिमालको घरमा आगो लाग्दा जोडिएका घरहरुमा सल्केर टोल सखाप हुने भएपछि स्थानीयले हस्तक्षेप गरेका हुन् । 

त्यो दिनको अवस्था वर्णन गर्दै रिमाल निवास नजिकैका एकजनाले भने, ‘सँधै ठूलो पदमा रहेका उनले कहिल्यै टोल, छिमेकीलाई सम्झेनन् । आत्मकेन्द्रित नुवाकोटे बाजेको घर हामीले जोगाइदिएका हौं । उनको बोली र सामाजिक व्यवहार चोभारमा बगाएर बाघद्वारतिर खोज्न जानुपर्ने खालको छ ।’

यता,धुम्बाराहीतिर घर भएका एक जना पूर्वमन्त्रीले मंगलबार बिहान धुरीको टुप्पोमा रहेको पानी ट्याङ्कीमा गरगहना लुकाएको छिमेकीहरुले बताएका छन् । एक दशकदेखि अधिकांश समय बालुवाटारमा प्रभाव जमाउँदै आएका उनको घर प्रदर्शनकारीले तोडफोड गरे पनि आगो नलगाइदिएका कारण ध्वस्त हुनबाट जोगिएको छ । प्लास्टिकमा बेरेर पानी ट्याङ्कीमा नोट सहित सुन लुकाउन सफल उनी पनि विष्णु रिमालभन्दा फरक प्रवृत्तिको नरहेको छिमेकीको बुझाई छ । 

सुरक्षा निकायले आफ्नो सँरक्षणमा रहेका कतिपय न्यायाधीश,पूर्वमन्त्री तथा उच्चपदस्थ अधिकारीहरुलाई हिजोदेखि छाडिदिएको छ । तर,अधिकांशको घर जलाइएकाले शरीरमा लगाएबाहेक अर्को जोर कपडा र जुत्ता नभएको अवस्थामा उनीहरु सरासर घर पुगेर खण्डहर हेर्नुपर्ने स्थितिका कारण तत्काल सुरक्षाकर्मीको घेराबाट बाहिर जान अप्ठेरो परेको बुझिएको छ ।

सुरक्षा निकायले आफ्नो सँरक्षणमा रहेका कतिपय न्यायाधीश,पूर्वमन्त्री तथा उच्चपदस्थ अधिकारीहरुलाई हिजोदेखि छाडिदिएको छ । तर,अधिकांशको घर जलाइएकाले शरीरमा लगाएबाहेक अर्को जोर कपडा र जुत्ता नभएको अवस्थामा उनीहरु सरासर घर पुगेर खण्डहर हेर्नुपर्ने स्थितिका कारण तत्काल सुरक्षाकर्मीको घेराबाट बाहिर जान अप्ठेरो परेको बुझिएको छ ।

मंगलबार दिउँसोदेखि शिवपुरीस्थित सेनाको स्टाफ कलेजमा बस्दै आएका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली पनि घर जानसक्ने अवस्थामा नरहेको बताइन्छ । भक्तपुर बालकोटको दुई वटै घर खरानी भएको र आन्दोलनकारीको रिस मत्थर नभइसकेको अवस्थामा सेनाले तत्काल ओली दम्पतिलाई ‘पब्लिक रेजिडेन्सी एरिया’मा जान नमिल्ने सल्लाह दिएको स्रोतको दावी छ ।

टिप्पणीहरू