पहिले पुराना मन्त्रीलाई कुटे,अहिले उपमेयरलाई
२०७९ सालको निर्वाचनका बेला आमसभामा जाँदै गरेका पूर्वमन्त्री विरोध खतिवडाको गाला पड्काएका ब्यक्तिले फेरि अर्का जनप्रतिनिधिमाथि हातपात गरेका छन् ।
हेटौंडा उपमहानगर पालिकाका उपमेयर राजेश बानियालाई हातपात गरेको आरोपमा हेटौंडा १ का पुरुषोत्तम खड्का पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरले खड्कालाई नियन्त्रणमा लिइएको पुस्टि गरेको छ ।
आफ्नो काम नगरिदिएको भन्दै खड्काले उपमेयर बानियामाथि हेटौंडा बजारमै आज बिहान हात हालेको बताइएको छ ।
टिप्पणीहरू