महेश बस्नेतको टोलीले ओली निवासको खरानी उठाउँदै

महेश बस्नेतको टोलीले ओली निवासको खरानी उठाउँदै

एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतको नेतृत्वमा झण्डै तीन दर्जन एमाले नेता तथा कार्यकर्ता बालकोटस्थित एमाले अध्यक्ष तथा मंगलबारदेखि बेपत्ता निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको निवास पुगेका छन् । उनीहरु गत मंगलबार आन्दोलनकारीले लगाएको आगोबाट ध्वस्त भएको निवासको निरीक्षणका लागि बिहान ९ बजे त्यहाँ पुगेका हुन् । 

बस्नेतको नेतृत्वमा एमाले टोलीले खण्डहर भएको ओली निवासको सरसफाइ गरेको छ । उनीहरुले निवासलाई बस्न मिल्ने बनाउन कम्पाउण्डभित्रै फोहोर एकीकृत गर्दै भवनको भित्री भागलाई आवश्यक प्रबन्ध गर्न लागेको बताइन्छ । 

नेपाली सेनाको सुरक्षा घेरामा शिवपुरीस्थित स्टाफ कलेजमा रहनुभएका भनिएका ओलीलाई सुरक्षाको कारण सर्वसाधारणको निवास क्षेत्रमा नजान सेनाले सल्लाह दिएको खबर छ । यसबारे एमाले नेतृत्व तथा सरकारी अधिकारीहरुले केही बताएका छैनन् ।

टिप्पणीहरू