तोडफोडमा संलग्न दुई नेतामाथि रास्वपाको कारबाही
भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनमा तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुई नेतालाई कारबाही गरेको छ ।
सो पार्टीको गण्डकी प्रदेश अनुशासन आयोगले पोखरा महानगरपालिका–१० का वडा सभापति चन्द्रबहादुर थापा र मादी गाउँपालिका–६ का वडा संयोजक भोजराज पौडेललाई जिम्मेवारीबाट हटाएको हो ।
उनीहरुले पार्टीको आचारसंहिताविपरीत अवाञ्छित क्रियाकलाप गरेकाले निलम्बन गरिएको आयोगका प्रमुख योगेन्द्र केसीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
‘जेन–जीले आयोजना गरेको विरोध कार्यक्रममा पार्टीको आचारसंहिताभन्दा बाहिर रहेर विभिन्न अवाञ्छित क्रियाकलापमा संलग्न भएको विभिन्न सामाजिक सञ्जालमार्फत देखिन आएकोले अर्को निर्णय नहुञ्जेलसम्मका लागि पार्टीका सबै जिम्मेवारीबाट निलम्बन गरिएको जानकारी गरिन्छ’, विज्ञप्तिमा भनिएको छ ।

टिप्पणीहरू