नयाँ सरकारलाई जनताले स्वीकार्दैनन् : विप्लव
भूतपूर्व प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारप्रति नेत्रविक्रम चन्द ‘विप्लव’ ले असन्तुष्टि जनाएका छन् । विप्लव नेतृत्वको नेकपाले नयाँ सरकारलाई ‘विद्रोह जेन–जीको, सरकार जेन–एक्सको’भन्दै व्यङ्ग्य गरेको छ ।
जारी विज्ञप्तिमा पछिल्लो सरकारको संरचना र नयाँ पुस्ताको अपेक्षाबीच चर्को अन्तर देखिएको उसको ठहर छ । सर्वपक्षीय सरकार गठन गर्नुपर्ने मागलाई बेवास्ता गरिएको भन्दै नेकपाले विरोध जनाएको छ ।
विप्लवले आन्दोलनरत शक्ति, नागरिक समाज र संघर्षरत दलहरूलाई समेटेर सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्ने माग दोहोर्याएका छन् । नयाँ सरकार गठनप्रति सोधिएको छ, ‘ परन्तु यसलाई जाना–जान प्रवेश गराइएन या बेवास्ता गरियो ? कसको दबाब या इसारामा यो गरियो ? विषय रहस्यपूर्ण छ । परन्तु यसमा गैर–दलीय, गैर–वामपन्थी सोचले काम गरेको देख्न सकिन्छ । यसलाई सम्पूर्ण राजनीतिक क्षेत्रबाट अस्वीकार गरिएको छ । जनताले पनि स्वीकार्ने छैनन् ?’
टिप्पणीहरू