गणेशमान सिंह : त्याग र साहसको प्रतिक

गणेशमान सिंह : त्याग र साहसको प्रतिक

वि.सं. २०४६ को जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको २८औँ स्मृति दिवस विविध कार्यक्रमसहित मनाइँदै छ । सिंहलाई नेपाली राजनीतिमा त्याग र साहसको प्रतिक मानिन्छ ।

सिंहले २०४६ को जनआन्दोलन सफल भएपछि गठित अन्तरिम सरकारमा प्रधानमन्त्री बन्न अस्वीकार गर्दै आफूभन्दा कनिष्ठ कृष्णप्रसाद भट्टराईलाई अघि सार्नुभएको थियो ।

वि.संं. १९७२ कात्तिक २४ गते काठमाडौंमा जन्मनुभएका सिंहको निधन २०५४ असोज २ गते भएको थियो । प्रजा परिषद्को सदस्य बनेपछि राणा विरोधी आन्दोलनमा सक्रिय उहाँले २००७ सालको क्रान्तिदेखि २०४६ सालको जनआन्दोलनसम्म निरन्तर नेतृत्वदायी भूमिका खेल्नुभएको थियो ।

आज उहाँको स्मृतिमा नेपाली कांग्रेसका भ्रातृ संस्थाहरुले विभिन्न कार्यक्रम आयोजना गरेका छन् । बिहान शोभाभगवतीस्थित उहाँको शालिकमा माल्यार्पण गरिएको छ ।

टिप्पणीहरू