माओवादीको पदाधिकारी बैठक, काँग्रेसको पत्रकार भेटघाट
नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक राखेको छ । आज दिउँसो पार्टी मुख्यालय, पेरिसडाँडामा बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।
पार्टी नेतृत्व परिवर्तन हुनुपर्ने माग उठाउँदै आएका उपमहासचिव जनार्दन शर्मा र उनको समूहले पछिल्लो राजनीतिक घटनाक्रमलले उक्त आवाज पुष्टि भएको बताएका छन् ।
यता नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पत्रकार भेटघाट कार्यक्रम राखेका छन् । समसामयिक राजनीतिबारे टिप्पणी गर्न उनले निजी निवास महाराजगञ्जमा बिहान ९ बजे पत्रकारहरुसँग कुराकानी गर्न लागेका हुन् ।
टिप्पणीहरू