पासाङ्गको घरमा रोइरहेको कुकुर
भदौ २३ र २४ गतेको जेन–जी विध्वंशमा राजनैतिक दलका नेता आन्दोलनकारीको प्रमुख निशानामा परे । प्रदर्शनकारीहरुले नेताको घर घरमा पुगेर आगो पनि झोसे ।
तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीदेखि काँग्रेस सभापति शेरबहादुर देउवा,माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत थुप्रै नेताको घरमा तोडफोड र आगजनी भयो ।
आन्दोलनकारीको आक्रमणपछि नेताहरु घर छोडेर भागे पनि कुकुर घरको सुरक्षा गरेर बसिरहेको छ । जलेको र तोडफोड भएको लथालिंग घरमा भोकभोकै मालिक कुरिरहेका कुकुरहरुको तस्बिर, भिडिओ सामाजिक सञ्जालमा छ्यापछ्याप्ती देखिन्छन् ।
‘कयौं दिनदेखि कुकुर रोएर बसिरहेको छ । कसैले रेस्क्यु गर्नसक्नु हुन्छ भने प्लिज गरिदिनुहोला । हामी त्यहाँभित्र गएमा चोरको आरोप लाग्न सक्छ, त्यसकारण हामी जान सक्दैनौं ।’
त्यसैमध्ये पूर्वउपराष्ट्रपतिसमेत रहेका माओवादी नेता नन्दबहादुर पुन पासाङ्गको दहचोकस्थित घरमा तोडफोड र आगजनीपछि पासाङ्ग परिवार घर छोडेर अन्यत्र गए पनि कुकुर भने अझै घरको सुरक्षा गरेर बसिरहेको थियो । आगजनीपछि घरमा एक्लै भएको कुकुर भोकाउँदा रोइरहेको देखियो ।
पासाङ्गको घर नजिकका एक छिमेकले भिडिओ बनाउँदै भनेका छन्, ‘कयौं दिनदेखि कुकुर रोएर बसिरहेको छ । कसैले रेस्क्यु गर्नसक्नु हुन्छ भने प्लिज गरिदिनुहोला । हामी त्यहाँभित्र गएमा चोरको आरोप लाग्न सक्छ, त्यसकारण हामी जान सक्दैनौं ।’
टिप्पणीहरू