नेकपा बहुमतका युवा नेताहरूको सामूहिक राजीनामा

नेकपा बहुमतका युवा नेताहरूको सामूहिक राजीनामा

धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतका पाँच युवा नेताहरूले पार्टी परित्याग गरेका छन् । पछिल्लो अवस्थामा उनीहरुले पार्टीबाट अलग भएपछि आफूहरु स्वतन्त्र भएको घोषणासमेत गरेका छन् ।

पार्टी निकट कम्युनिष्ट युवा संगठन नेपालका अध्यक्ष हरिश भट्ट, केन्द्रीय सदस्य तथा धादिङ सेक्रेटरी अविनास कुँवर, केन्द्रीय सदस्य तथा सर्लाही सेक्रेटरी पदम मगर बिहानी, विदेश विभाग अन्तर्गत मध्यपूर्व सेक्रेटरी तथा केन्द्रीय सदस्य बिक्रम पौडेल अनिस र युवा संगठनका केन्द्रीय सचिव प्रकाश शर्माले सामूहिक राजीनामा दिएका बताइन्छ ।

उनीहरूले सामाजिक सञ्जालमार्फत पार्टी परित्यागको जानकारी दिएका हुन् । नयाँ पुस्ताको आन्दोलनबारे नेतृत्वको बुझाईमा असन्तुष्ट भएपछि उनीहरुले राजीनामा दिएका हुन् । भदौ २३ को प्रदर्शन र २४ गतेको ध्वंसमा संलग्नता जनाएका कारण पार्टीले उनीहरुसँग स्पष्टीकरण सोधेको थियो । तर, नीतिगत असहमति र आरोपप्रति असन्तुष्ट हुँदै उनीहरूले स्वतन्त्र हुने घोषणा गरेका हुन् ।

अध्यक्ष भट्ट र केन्द्रीय सदस्य कुँवरले आगामी दिनमा सडक संघर्षमा सक्रिय रहने प्रतिबद्धता जनाएका छन् ।
 

टिप्पणीहरू