जनआस्थाको समाचारपछि रकम फिर्ता
सशस्त्र प्रहरी बल, नेपालकी एक महिला कर्मचारीले पहिले आफूले ठगेको रकम फिर्ता गरेकी छन् । जनआस्थामा समाचार प्रकाशित भएपछि उनले पैसा फिर्ता गरेको बताइन्छ । सशस्त्र मुख्यालयको सवारी शाखामा कार्यरत प्रहरी सहायक हवल्दार सुशीला थिङले ठगेको विषयमा जनआस्थाले गत भदौ २० गते ‘सशस्त्रको मान्छे ठगीमा संलग्न’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो ।
आफू सशस्त्रको कर्मचारी भएको र जुनसुकै काम गरिदिने भन्दै पैसा उठाउने उनले रकम फिर्ता माग्दा पीडितलाई धम्की दिएको बताइएको थियो । उनले दिएको चेक बारम्बार बाउन्स भएपछि बैंकले कालोसूचीमा राख्ने तयारीसमेत गरेको थियो । आम नागरिकको सुरक्षा गर्नुपर्ने बर्दीधारी अधिकारी नै ठगीमा संलग्न भएको पाइएपछि समाचार प्रकाशित गरिएकोमा उनले पैसा फिर्ता दिएको पीडितले बताए ।
‘उहाँले पैसा फिर्ता दिनुभयो’ पीडितले भने, ‘म्याडमले रकम फर्काउनुभयो । बीचमा सायद मिस अण्डरस्टाण्डिङ भएर लेनदेनमा समस्या आएको हो कि भन्ने लाग्यो । उहाँले दिनुभयो, मैले पाइसकेँ, कुनै समस्या छैन ।’
याे पनि...
टिप्पणीहरू