सिरिज क्लिन स्विप गर्ने लक्ष्यसहित वेस्ट इन्डिजसँग भिड्दै नेपाल

सिरिज क्लिन स्विप गर्ने लक्ष्यसहित वेस्ट इन्डिजसँग भिड्दै नेपाल

 युएईमा जारी युनिटी कप अन्तर्गतको टी-२० आई सिरिजको तेस्रो तथा अन्तिम खेलमा आज नेपाल र  वेस्ट इन्डिज भिड्दैछन् । सारजाह क्रिकेट स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति ८:१५ बजे शुरू हुनेछ । 

नेपाल आज लगातार तेस्रो जित निकाल्दै सिरिज क्लिन स्विप गर्ने लक्ष्यमा रहेको छ । यसअघिको दुई खेल जितेको नेपाल आजपनि उच्च मनोबलका साथ मैदान उत्रिनेछ ।  नेपालले शनिबार भएको पहिलो खेलमा १९ र सोमबार भएको दोस्रो खेलमा ९० रनको  जित निकाल्दै एक खेल अगावै सिरिज आफ्नो पक्षमा पारेको थियो । 

आईसीसी पूर्ण सदस्य राष्ट्रमाथि पहिलो जितसँगै एतिहासिक सिरिजनै आफ्नो पक्षमा पारेको नेपाललाई पहिलो प्रयासमै सिरिज क्लिन स्विप गर्ने अवसर रहेको छ । 

यता खराब लयमा रहेको वेस्ट इन्डिज भने आजको अन्तिम खेलमा सान्तवना जितको खोजीमा हुनेछ ।

टिप्पणीहरू