इभी दुर्घटनामा आठजना घाइते

इभी दुर्घटनामा आठजना घाइते

चितवनमा आज बिहान भएको सवारी दुर्घटनामा हुँदा आठजना घाइते भएका छन् । इच्छाकामना गाउँपालिका–६ को २ नम्बर पुलस्थित मुग्लिन–नारायणगढ सडक खण्डमा बिग्रेर रोकिराखेको बा.४ख ११४० नम्बरको र्याकरमा नारायणगढबाट मुग्लिनतर्फ आउँदै गरेको बागमती प्रदेश ०६–००१ ज ००६९ नम्बरको इभी माइक्रोबस ठोक्किएको हो । 

माइक्रोबसमा सवार आठजना घाइते भएपछि उनीहरुलाई भरतपुरको पुरानो मेडिकल कलेजमा उपचारार्थ लगिएको छ । प्रहरीका अनुसार नवलपरासीको देवचुली–३ बस्ने ८१ वर्षीय तुकबहादुर क्षेत्री (टाउको र निधारमा चोट), सोही ठाउँकी ७८ वर्षीया माया क्षेत्री (दाहिने खुट्टामा चोट), नवलपुरकै कावासोती–७  बस्ने २५ वर्षीया आशाकुमारी महतो ( निधारमा चोट) र कावासोतीकै ४४ वर्षीय रन्जित महतो (दाहिने खुट्टामा चोट) को अवस्था मध्यम छ । 

कावासोतीकै ३० वर्षीय प्रेम महतो (बायाँ खुट्टामा चोट), २६ वर्षीय देवीमाया महतो (दुवै खुट्टामा चोट), उनकी ६ वर्षीया छोरी बिहान महतो (बायाँ खुट्टामा चोट) र ४१ वर्षीया ज्योति महतो (छातीमा चोट) सामान्य घाइते छन् । माइक्रोका मालिक कावासोती–८ का ४० वर्षीय रवी गुरुङको अवस्था पनि सामान्य रहेको जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ । दुवै सवारी साधनमा क्षति भएपनि बाटोमा अवरोध नभएको जनाइएको छ । दुवै सवारीसाधनका चालक प्रहरी नियन्त्रणमा छन् । 

अजय गोर्खाली

टिप्पणीहरू