भुम्लुमा अनुशासनको कठोर कदम : आन्दोलनमा संलग्न कर्मचारी बर्खास्त

भुम्लुमा अनुशासनको कठोर कदम : आन्दोलनमा संलग्न कर्मचारी बर्खास्त

काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिकाका एक जना कर्मचारीलाई सेवाबाट हटाइएको छ । गत भदौ २४ गतेको जेन–जी विध्वंसमा संलग्न भएको आरोपमा निशान उप्रेती बर्खास्तीको कारबाहीमा परेका हुन्।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर खत्रीका अनुसार असोज ८ गते बसेको कार्यपालिकाको बैठकले उप्रेतीलाई सेवामा नरहने गरी बर्खास्त गर्ने निर्णय गरेको छ । जारी सूचनामा भनिएको छ, ‘उक्त निर्णयअनुसार निशान उप्रेती आजको मितिबाट सेवामा नरहने गरी बर्खास्त हुनुभएको व्यहोरा जानकारी गराइन्छ।’

स्थानीय प्रशासनले यो कदमले अनुशासन कायम राख्ने मात्र नभई सरकारी सेवामा सक्रियता र उत्तरदायित्वको महत्व बुझाउने उद्देश्य रहेको स्पष्ट पारेको छ । केहीले यसलाई राजनीतिक दृष्टिकोणबाट हेरिरहेका छन् भने धेरैले प्रशासनको स्पष्ट र दृढ निर्णयका रूपमा लिएका छन्।

टिप्पणीहरू