देवी विर्सजनको सवा दुई घण्टापछि दशैंको टीका

देवी विर्सजनको सवा दुई घण्टापछि दशैंको टीका

आज दशैंको दशौं दिन अर्थात् विजया दशमी । विजया दशमीको उत्तम साइत बिहान ११ बजेर ५३ मीनेटको साइत तोकिएको छ । उक्त समय र दिनभर मान्यजनको हातबाट टीका तथा जमरा ग्रहण गर्न सकिने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

घटस्थापनाको दिनमा स्थापना गरिएकी देवीको पूजा आरधना बिहान ९ बजेर २३ मीनेटमा पूरा गरेर देवी विसर्जन गरिँदैछ । दशैंको टीका सीमित क्षेत्र र समुदाय बाहेक  अन्यत्र कोजाग्रत पूर्णिमाको दिनसम्म लगाउने चलन छ ।

टिप्पणीहरू