भलिबल प्रतियोगितामा राजनीतिक रोइलो, आधा घण्टा खेल अवरुद्ध

भलिबल प्रतियोगितामा राजनीतिक रोइलो, आधा घण्टा खेल अवरुद्ध

 काभ्रेको भुम्लु गाउँपालिका–२, सिम्थलीमा बुधबार  आयोजित एक दिने मैत्रीपूर्ण भलिबल प्रतियोगिता राजनीतिक रोइलोकै बीच सम्पन्न भएको छ।

श्री अरुणोदय माध्यमिक विद्यालय पूर्वविद्यार्थी मञ्चले आयोजना गरेको शुभकामना आदान–प्रदान तथा भलिबल प्रतियोगिता मञ्चका संस्थापक अध्यक्ष सुजन भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि तथा वडा अध्यक्ष भण्डारीले केही राजनीतिक समूहका कारण खेल ढिलो भएको प्रष्ट पारे। उनले भने, “खेल रोक्न खोज्नेहरूलाई साथीहरूले हिसाब गर्नेछन्, राजनीतिकरणकै कारण कार्यक्रम ढिला भयो।”

उनको अभिव्यक्तिपछि केही दर्शकले विद्यालयको कार्यक्रममा राजनीति नगर्न आग्रह गर्दै विरोध जनाए। त्यतिबेला करिब आधा घण्टा खेल अवरुद्ध भएको थियो। विवाद थामिएपछि सात समूहबीच प्रतिस्पर्धा गरिएको थियो।

प्रतियोगितामा प्रथम हुने टोलीलाई नगद ६ हजार, द्वितीयलाई ४ हजार र तृतीयलाई  ३ हजार रुपैयाँ पुरस्कार  प्रदान गरिएको छ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रामकृष्ण न्यौपाने, संस्थापक उपाध्यक्ष सुजन खड्का, सचिव सूर्य भण्डारीलगायत जनप्रतिनिधि र स्थानीयको उपस्थिति थियो।

तस्बिरहरु:

टिप्पणीहरू