अबको लक्ष्य टी-२० विश्वकप !

अबको लक्ष्य टी-२० विश्वकप !

गत भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनको कारण अस्तव्यस्त बनेको नेपाललाई युएईमा भएको युनिटी कपले एकजुटमात्र बनाएन, सिंगो देशलाईनै खुशी हुने कारणपनि दिन सफल भएको छ । नेपाल क्रिकेट संघ(क्यान)कै आयोजनामा दुई पटकको विश्वकप च्यापियन वेस्ट इन्डिजविरुद्ध भएको तीन खेलको सिरिजमा नेपालले पाएको २-१ को एतिहासिक सफलताले सम्पूर्ण देशवासीको पिडामा मल्हम लगाएको छ ।

यसअघि आईसीसीको पूर्ण सदस्य राष्ट्रसँग बारम्बार चुक्दै आएको नेपालले यसपटक भने कुनै गल्ती गरेन । गत शनिबार भएको पहिलो खेलमै १९ रनको एतिहासिक जित निकालेको नेपाल दोस्रो खेलमापनि सुधारिएको प्रदर्शन गर्दै ९० रनको फराकिलो जित निकाल्न सफल भएको थियो । पहिलोपटक पूर्ण सदस्य राष्ट्रसँग सिरिज खेलेको नेपालले एक खेल अगावै सिरिज आफ्नो पक्षमा पार्न सफल भएको हो । तेस्रो खेलमा भने बेन्चका खेलाडीलाई मौका दिएको नेपाल १० विकेटले पराजित हुन पुग्यो ।  

विश्व क्रिकेटमै पावर हिटरको नामले चिनिएको वेस्ट इन्डिजमाथि पाएको एतिहासिक सफलतासँगै नेपालले विश्वकप क्रिकेटकै ध्यान फेरी एकपटक आफुतिर तान्न सफल भएको छ । आईसीसीको पूर्ण सदस्य राष्ट्र बन्ने लक्ष्यमा रहेको नेपाललाई युएईमा हासिल गरेको सफलताले भविष्यमा अझै ठुलो ढोका ढकढकाउ मद्दत पुर्याउनेछ ।

गत वर्ष अमेरिका र  वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना भएको टी-२० विश्वकपमा दक्षिण अफ्रिकासँग एक रनको झिनो हार बेहोरेको नेपालले फेरी एकपटक आफूलाई एसोसियटमा शक्तिशाली राष्ट्रको रूपमा स्थापित गरेको छ ।

टिप्पणीहरू