विवादमा नमुछ्न ऊर्जामन्त्रीको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आफूलाई उज्यालो नेपाल पार्टीसँग जोडेर गरिएको प्रचारप्रति कडा आपत्ति जनाएका छन् । उक्त पार्टी र सो पार्टीका अध्यक्षसँग कुनै छलफल नभएको मन्त्री घिसिङको दाबी छ ।
‘सूचना र समाचारमा उल्लेख गरिएजस्तो पार्टीमा मेरो आवद्धताबारे कुनै छलफल भएको छैन। प्रचार गरिएझैं जुम बैठकमा पनि मेरो कुनै सहभागिता थिएन,’ मन्त्री घिसिङले सामाजिक सञ्जालमा लेखेका छन् ।
आफूसँग कुनै छलफल र सल्लाह नगरी गलत मनसायसहित असत्य तथा तथ्यहीन समाचार फैलाइएको आरोप मन्त्रीको छ । ऊर्जामन्त्री घिसिङले यस्ता भ्रममा नपर्न आग्रह गर्दै भविष्यमा आधारहीन सामग्री नफैलाउन सम्बन्धित सबै पक्षलाई ध्यानाकर्षण गराएका छन् ।
टिप्पणीहरू