५२ वर्षअघि जलेको सिंहदरबार,अहिले जलाइएको सिंहदरबार
मुलुकको केन्द्रीय सचिवालय रहेको मुख्य प्रशासकीय भवन पछिल्लो पाँच दशकमा दुई पटक जलेको छ । वि.सं. २०३० असार २५ गते राति १० बजे अकस्मात यसमा आगो सल्केको थियोे । तर गत भदौ २४ गते मध्यान्ह भने पहरामा बसेको नेपाली सेनाले हेर्दाहेर्दै जेन जीका नाममा सिंहदरबारलाई दोस्रो पटक खरानी बनाइएको छ ।
५२ वर्षअघि दरबारको पूर्वी भागमा लागेको आगो निभाउन र भवनको पश्चिमतर्फ कलात्मक अग्रभाग जोगाउन सेनाले पूर्वी भागमा बिस्फोट गराएको थियो । तर यसपटक सेनाले आगो लगाउने ध्वंश समूहलाई न रोक्यो, न छेक्यो, न आगो लगाइसकेपछि निभाउने कुनै प्रयत्न नै गरेको देखियो ।
राजधानीको जिम्मा लिएको स्थानीय सरकारका प्रमुख बालेन साहले सिंहदरबार,सर्वोच्च अदालत,संसद भवन र राष्ट्रपति भवनमा आगो निभाउनुको सट्टा आगो लगाउनेहरुलाई मिनरल वाटर बाँड्न लगाएका थिए । ५२ वर्षअघिको आगलागीबाट जोगिएका राज्यका महत्वपूर्ण दस्तावेज र सम्पदा भदौ २४ गतेको नियोजित आगजनीबाट खरानी बनाइयो ।
सिंहदरबारमा भएको क्षतिको विवरण सरकारी निकायले हालसम्म आकलन गर्न सकेको छैन । एक दशक अघिको महाभूकम्पमा क्षतिग्रस्त सिंहदरबारको मूल भवन करोडौं खर्चेर प्रवलीकरण गरेपछि गत वर्षदेखि पुनः प्रयोगमा ल्याइएको थियो ।
टिप्पणीहरू