रौतहट र पर्सामा सबैभन्दा बढी, राति झन् ठूलो वर्षाको सम्भावना

रौतहट र पर्सामा सबैभन्दा बढी, राति झन् ठूलो वर्षाको सम्भावना
सुन्नुहोस्

जल तथा मौसम विज्ञान विभागले पछिल्लो १२ घण्टामा सबैभन्दा बढी वर्षा रौतहटमा भएको जनाएको छ । जिल्लाको महेशपुर जलमापन केन्द्रमा ३२८.६ मिलिमीटर वर्षा मापन गरिएको छ । 

त्यस्तै गौरमा ३०५ मिलिमीटर र गरुडामा २७३.४ मिलिमीटर वर्षा भएको छ । पर्साको वीरगञ्जमा सोही अवधिमा २४७ मिलिमीटरभन्दा बढी वर्षा मापन भएको छ । 

उता बाराको कलैयामा २३३.२ मिलिमीटर वर्षा भएको छ । ललितपुर, सिन्धुली र मकवानपुरमा पनि धेरै वर्षा मापन गरिएको छ । विभागले आज राति पनि धेरै स्थानमा ठूलो वर्षा हुने पूर्वानुमान गरेको छ ।

फोटोः सामाजिक सञ्जाल

 

टिप्पणीहरू