मृतक संख्या बढ्दै, घाइतेको हेलिकोप्टरबाट उद्धार

मृतक संख्या बढ्दै, घाइतेको हेलिकोप्टरबाट उद्धार

अस्ति राति देखिको अविरल वर्षाका कारण ठूलो मानवीय र भौतिक क्षति भएको छ । हालसम्म इलाममा पहिरोमा परेर ३७ जनाको ज्यान गएको छ । त्यसैगरी, पाँचथरमा दुई, खोटाङमा एक, उदयपुरमा एक र रौतहटमा तीन जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । 

बेपत्ता हुनेको संख्या पाँच पुगेको छ । रसुवामा खोलाले बगाएर चार र इलाममा पहिरोमा परेर एक जना बेपत्ता भएका छन् । प्राधिकरणका अनुसार १६ जना घाइते भएका छन् । तीमध्ये इलाममा आठ, पाँचथरमा एक, भोजपुरमा तीन, खोटाङमा तीन र मकवानपुरमा एक जना रहेका छन् ।

दुई जनाको हेलीकोप्टरबाट उद्धार गरिएको छ । इलामको माङसेबुङ गाउँपालिका–१ बाट उनीहरुको उद्धार गरिएको प्राधिकरणले जानकारी दिएको छ ।

टिप्पणीहरू