राजमार्गमा सवारी आवागमन समय संशोधन, राति ९ बजेदेखि रोक

राजमार्गमा सवारी आवागमन समय संशोधन, राति ९ बजेदेखि रोक

चितवनमा राजमार्ग आवागमनबारे जारी गरिएको सूचनामा संशोधन भएको छ । सुधारिएको मनसुनको अवस्थालाई मध्यनजर गर्दै आजदेखि बेलुकी ६ बजेको सट्टा राति ९ बजेदेखि मात्र सवारी साधनको आवागमन रोक लगाइएको छ । 

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार हाल राजमार्गमा सवारी आवागमन भएपनि मनसुनको जोखिम कायम छ । त्यसैले चितवन हुँदै यात्रा गर्ने सम्पूर्ण सवारीसाधन राति ९ बजेभित्र चितवन प्रवेश गर्नुपर्ने र चितवनबाट बाहिर (पोखरा वा काठमाडौंतर्फ) जाने सवारीसाधन राति ९ बजेदेखि अघि प्रस्थान गरिसक्नुपर्ने छ ।

अन्यथा, सवारीसाधनले चितवनस्थित ‘सेफ्टी होल्डिङ स्पेस’ मा लेन अनुशासन पालना गरी बस्नुपर्ने प्रहरीको आग्रह छ । मौसमको अवस्थाअनुसार सवारी साधन आवागमन (इन/आउट) सम्बन्धी अर्को सूचना जारी गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

टिप्पणीहरू