धादिङमा छोराले गरे आमाको हत्या
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-५ मा छोराद्वारा आमाको हत्या भएको छ ।
३० वर्षीय यमबहादुर कँडेलले धारिलो हतियार प्रहार गरी ५४ वर्षीय आमा राममाया कँडेलको हत्या गरेको खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका उपरीक्षक भेषराज रिजालका अनुसार यमबहादुर कंडेललाई पक्राउ गरी सदरमुकाम ल्याइएको छ । हिजो राति ९ बजे पक्राउ गरिएको हो ।
प्रहरी घटनास्थल पुग्दा आमाको हत्या गरी हातमा खुँडा बोकेर हिँडिरहेको अवस्थामा भेटिएको थियो । हतियार बोकेर बाहिर हिँडिरहेको यमबहादुर छिरेपछि उनलाई घरबाटै पक्राउ गरिएको प्रहरी उपरीक्षक रिजालले बताए । घटनाबारे प्रहरीले थप अनुसन्धान शुरु भएको छ ।
टिप्पणीहरू