वडाध्यक्षद्वारा दलितको घरमा लुटपाट

वडाध्यक्षद्वारा दलितको घरमा लुटपाट

दलितको घर तोडफोड गर्ने सिराहाका एक जनप्रतिनिधि पक्राउ परेका छन् । 

कल्याणपुर नगरपालिका-८ स्थित एक दलित परिवारको घरमा लुटपाट र तोडफोड गरेको आरोपमा वडाध्यक्ष रामकिशोर यादवसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित उनको अगुवाइमा लुटपाट भएको पीडित पक्षको दाबी छ ।

बताइएअनुसार गत शुक्रबार रामकिशोरको समूहले स्थानीय शोभित पासवान, विन्दे पासवान, अशोक पासवान, राजकुमार पासवान र रासलाल पासवान लगायतको घरमा तोडफोड गरेका थिए । 

पीडित परिवारले उनीसहित १३ जनाविरुद्ध जाहेरी दिएपछि प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको हो । अहिले वडाध्यक्ष रामकिशोरसहित चार जनालाई नियन्त्रणमा लिइएको र अन्य व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू