अख्तियारमा पहिले पत्र दर्ता, अनि प्रदर्शन

अख्तियारमा पहिले पत्र दर्ता, अनि प्रदर्शन

जेन-जी युवाहरुको एक समूहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईको राजीनामा माग्दै प्रदर्शन गरेको छ ।

आज बिहान टंगालस्थित अख्तियार मुख्यालयअगाडि विरोध प्रदर्शन भएको हो । प्रदर्शनका क्रममा युवाहरूले राईसहित सबै आयुक्तहरूले नैतिकताका आधारमा पद छोड्नुपर्ने बताए । 

त्यसअघि जेन-जी मुभमेन्ट एलाइन्सले प्रमुख आयुक्त राईको राजीनामा मागिएको निवेदन दर्ता गराएका थिए । पत्र दर्ता गराउन अमित खनाल, रिजन राना मगर, मोनिका निरौला, हेम चौधरी, पेमा वाङ्गमो टंगाल पुगेका थिए । 

एलाइन्सको तर्फबाट हिजो इमेलमार्फत राईलाई पद छोड्न दबाबमूलक पत्र पठाइएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका राईसहितका आयुक्तहरूले भ्रष्टाचारको निष्पक्ष छानबिन गर्नेमा शंका रहेको भन्दै जेन-जीहरूले निष्पक्ष मान्छे ल्याउनुपर्नेमा जोड दिएका छन् ।

आयोग परिसरमा आज बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

टिप्पणीहरू