पूर्वराजालाई गद्दीमा फर्काउन पत्रकार सम्मेलन

पूर्वराजालाई गद्दीमा फर्काउन पत्रकार सम्मेलन

राजावादीहरूको एक समूहले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तेस्रो पटक राजा घोषणा गर्न माग गरेको छ । 

शाही युवा शक्ति नेपालले आज रिपोर्टस क्लवमा पत्रकार सम्मेलन गर्दै पूर्वराजाको पक्षमा आवाज उठाएको हो । ज्ञानेन्द्रले बाहेक अरूले देश जोगाउन नसक्ने जिकिर गर्दै शाही युवा शक्तिले जेन-जी पुस्ता, आम नागरिक र राजा एक हुनुपर्नेमा जोड दिएको छ ।  

पत्रकार सम्मेलनमा उक्त संस्थाका अध्यक्ष पशुपति खड्का, केन्द्रीय अभियन्ता पवन बुढाथोकीलगायत उपस्थित रहेको जनाइएको छ ।

टिप्पणीहरू