सूर्य थापाद्वारा मेयर बालेनको कटाक्ष
नेकपा एमालेका नेता सूर्यबहादुर थापा क्षेत्रीले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहमाथि कडा टिप्पणी गरेका छन्। बालेनलाई ‘अपराधी र हत्यारा’ को संज्ञा दिँदै राजधानीमा भएको आगजनी तथा मानवीय क्षतिका लागि नैतिक र राजनीतिक जिम्मेवारी उनैले लिनुपर्ने बताएका छन्।
उनका अनुसार बालेनकै कारण हालैको आन्दोलनका क्रममा ५४ जनाले ज्यान गुमाएका र सरकारी संरचनामा ठूलो क्षति पुगेको थापाको भनाइ छ । सोही सन्दर्भमा उनले बालेनलाई ‘अपराधी र हत्यारा’ को संज्ञा दिएका हुन्।
थापाले बालेनको ‘दोहोरो चरित्र’ का कारण उनी अब मेयरको पदमा रहन नै अयोग्य भइसकेको टिप्पणी गरे। उनका शब्दमा, ‘आफैं प्रदर्शनकारीलाई मिनरल वाटर बाँड्दै आगो लगाउन उक्साउने, अनि आफैं दमकल रोक्न लगाउने—यही दोहोरो चरित्र हो।’
थापाले आरोप लगाउँदै भने, ‘दमकल नपठाउने अपराधी उही थियो, र दमकल रोक्ने भिड पनि उसकै थियो। सिंहदरबार, शीतल निवास, सर्वोच्च अदालत र संसद भवन उसकै भिजिलान्तेहरूले जलाएका थिए भन्ने तथ्य छर्लङ्ग भइसकेको छ।’
पूर्व प्रतिनिधिसभा सदस्य समेत रहेका क्षेत्रीले भदौ २४ गतेको घटनामा ५४ जनाको मृत्यु ‘लुसिफर डार्कम्यान’ नामक रहस्यमय व्यक्तिको उक्साहट र बालेन साहको भूमिकासँग जोडिएको दाबी पनि गरे। उनले भने, ‘उ विदेशीको शिखण्डी हो, अपराधी हत्यारा हो, र राजधानीको मेयरको कुर्सीमा एक मिनेट पनि बस्न लायक छैन।’
टिप्पणीहरू