एमाले संसद पुनर्स्थापनाको पक्षमा, काँग्रेस सल्लाह गर्दै

एमाले संसद पुनर्स्थापनाको पक्षमा, काँग्रेस सल्लाह गर्दै

जेन–जी प्रदर्शन र विध्वंशको बलमा विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको माग लिएर नेकपा एमाले अदालत जाने भएको छ । अध्यक्ष केपी शर्मा ओली निकट नेता महेश बस्नतेले संसद पुनस्र्थापनाको माग लिएर सर्वोच्च अदालत जाने तयारीबारे आज जानकारी गराएका हुन् । 

पार्टीले आधिकारिक ढंगले यसलाई अघि बढाउने वा कानून व्यवसायीमार्फत जाने भन्ने विषयमा अहिले अन्तिम छलफल भईरहेको उनले बताए । ‘संसद पुनःस्थापनाको माग लिएर हामी सर्वोच्च अदालतको ढोका ढक्ढक्याउँछौं । पार्टीले आधिकारिक ढंगले जाने अथवा कानून व्यवसायीमार्फत जाने । त्यो कुरामा हामी अन्तिम छलफल गर्दैछौं’, बस्नेतले भने । 

हिजो एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पनि संसद विघटनविरुद्ध अदालत जानेबारे नेपाली कांग्रेससँग छलफल भैरहेको बताएका थिए । 

कांग्रेसभित्र पनि संसद पुनर्स्थापनाका लागि कानुनी पहल लिनुपर्ने भन्दै एकथरीले आन्तरिक छलफल चलाइरहेका छन् । सभापति शेरबहादुर देउवा निकट केही नेताहरूले यस विषयमा एमालेसँग अनौपचारिक कुराकानी गरेको बुझिएको छ ।

टिप्पणीहरू