स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवनमा स्कुटरले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ। राप्ती नगरपालिका–२ सिमराचोकमा बा.प्र.०२–०५६ प १११५ नम्बरको स्कुटरले हिजो साँझ साढे ६ बजेतिर ठक्कर दिएको थियो। ठक्करपछि एक घन्टाभित्रै पैदलयात्रीको निधन भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका रौतहटको माधव नारायण नगरपालिका–८ का २४ वर्षीय रुपेश राय यादवको भरतपुरस्थित मेडिकल कलेजमा उपचारका क्रममा बेलुकी ७ः४५ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

उक्त दुर्घटनामा स्कुटर चालक राप्ती–२ का १८ वर्षीय दिपेश गौतमको नाक र टाउकोमा चोट लागेको र उनको मध्यम अवस्थामा पुरानो मेडिकल कलेजमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ।

टिप्पणीहरू