सुनसरी अदालत नियमित सेवाको तयारीमा
सुनसरी जिल्ला अदालतमा आउँदो आइतबारदेखि मुद्दाको नियमित सुनुवाई हुने भएको छ । गत भदौ २३ गतेको जेनजी प्रदर्शन र २४ गतेको विध्वंशले अदालतमा भएको क्षतिका कारण सेवा प्रभावित भएको थियो ।
आइतबारदेखि नियमित सुनुवाई गर्न लागिएको छ । अदालतले क्रमिक रुपमा दैनिक–साप्ताहिक पेशी सूची प्रकाशित गरी मुद्दा सुनुवाई गर्ने जानकारी दिएको छ ।
टिप्पणीहरू