घाँटी रेटेपछि हत्यारा टाउको बोकेर प्रहरी कार्यालय
कैलालीमा एक युवकको विभत्स हत्या भएको छ । घोडाघोडी नगरपालिका–८ एक युवकको विभत्स रूपमा हत्यापछि संलग्न दुई जनाले घाँटी रेटिएको टाउको बोकेर प्रहरीमा आत्मसमर्पण गरेका छन्।
गएराति खाजा खाने क्रममा विवाद हुँदा सुर्खेत चौकुने गाउँपालिका–३ का २८ वर्षीय केशरसिंह बुढाको घाँटीे रेटेर हत्या गरिएको प्रहरीले जनाएको छ । घोडाघोडीका १८ वर्षीय बलबहादुर विक र १९ वर्षीय गंगा बुढा क्षेत्री बुढाको टाउको बोकेर इलाका प्रहरी कार्यालय सुखड पुगेका हुन् ।
हत्यामा संलग्नहरुले मदिरा सेवनपछि धारिलो हतियार प्रयोग गरेर घाँटी रेटिएको प्रहरीसमक्ष सकारेका छन् । प्रहरीले आवश्यक अनुसन्धान थालेको छ भने घटनास्थलबाट शव उठाइएको छैन ।
टिप्पणीहरू