अध्यक्ष बिरामी, बैठक स्थगित

अध्यक्ष बिरामी, बैठक स्थगित

नेकपा (एमाले)को आज डाकिएको सचिवालयको दोस्रो दिनको बैठक स्थगित भएको छ । अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ ।

हिजोको आठ घण्टा लामो बैठकमा बोलेका उपाध्यक्षहरु अधिकांशले उहाँले पार्टी नेतृत्वमा मार्ग प्रशस्त गर्नुपर्ने माग गरेका थिए । आज उपमहासचिव र सचिवहरुले बोल्ने पालो यियो ।

आगामी केन्द्रीय समिति बैठक ललितपुर, झम्सिखेलस्थित एउटा पार्टी प्यालेसमा गर्ने तयारी छ ।
 

टिप्पणीहरू