राष्ट्रपतिको स्वास्थ्य परीक्षण जारी

राष्ट्रपतिको स्वास्थ्य परीक्षण जारी

राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य छ । त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्जको हातामा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उहाँको स्वास्थ्य परीक्षण जारी छ । 

हालसम्मको रिपोर्टमा अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । बिहान राष्ट्रपति भवनमा जेन जी समूहसँग वार्ताको तयारी हुँदा अस्वस्थ भएपछि उहाँलाई अस्पताल भर्ना गरिएको हो ।

आज स्थगित वार्ता पर्सिका लागि तोकिएको छ ।

टिप्पणीहरू