नीलो प्लेट हटे पनि झण्डा हल्लाउन छुट

नीलो प्लेट हटे पनि झण्डा हल्लाउन छुट

अन्तरिम सरकारले विदेशी मुलुकले नियुक्त गरेका अवैतनिक महावाणिज्यदूत र कन्सुलेटहरूले प्रयोग गर्ने नीलो नम्बर प्लेटको सुविधा खारेज गरेको छ । त्यस्ता सवारीसाधन दुरूपयोगको गुनासोलाई सरकारले प्रमुख आधार लिएको बताइन्छ ।

तर, अस्तिको क्याबिनेट बैठकले अन्तर्राष्ट्रिय कानून,पारस्परिकता, अवैतनिक वाणिज्यदूतसम्बन्धी नियमावली, २०३९ र हालको प्रचलनअनुसार रध्द गरेको भनिएको छ । अबदेखि ती नम्बर प्लेट भएका सवारीसाधनहरूलाई रातो प्लेटवाला निजी सवारी साधन बनाइने छ ।

बिचौलिया दिपक भट्टका साझेदार सुलभ अग्रवालले यस्तै सुविधाको गाडीमा थर्मल गनको अकुत कारोबार गर्दागर्दै खोसिएको यो सुविधा आरजू राणाको निर्देशनमा डा.नारायण खड्का परराष्ट्र  मन्त्री भएका बेला तत्कालीन शिष्टाचार महापाल दुबसु क्षेत्रीले फुकुवा गरेर ६० भन्दा बढी मारबाडी ब्यापारीबाट खर्छ उठाई जापानका लागि राजदूत नियुक्त भएर गएका थिए ।

अवैतनिक कन्सुलेटहरुले नेपालको राष्ट्रिय दिवस समारोह,सम्बन्धित मुलुकको राष्ट्रिय दिवस समारोह, सम्बन्धित मुलुकका राष्ट्र प्रमुख, सरकार प्रमुख वा परराष्ट्रमन्त्री नेपाल भ्रमणमा आउँदा सरकारी भेटघाट, स्वागत र बिदाई,नेपालस्थित सम्बन्धित मुलुकको राजदूतको भ्रमणमा सम्बन्धित मुलुकको राष्ट्रिय झण्डा प्रयोग गर्ने सुविधा यथावत राखिएको छ ।

कोभिडताका अस्ति डढेको हिल्टन होटलका एक साहुजी तथा बिचौलिया दिपक भट्टका साझेदार सुलभ अग्रवालले यस्तै सुविधाको गाडीमा थर्मल गनको अकुत कारोबार गर्दागर्दै खोसिएको यो सुविधा आरजू राणाको निर्देशनमा डा.नारायण खड्का परराष्ट्र  मन्त्री भएका बेला तत्कालीन शिष्टाचार महापाल दुबसु क्षेत्रीले फुकुवा गरेर ६० भन्दा बढी मारबाडी ब्यापारीबाट खर्छ उठाई जापानका लागि राजदूत नियुक्त भएर गएका थिए ।

टिप्पणीहरू