ओलीको मृत्यु घोषणासहित प्रधानमन्त्रीको नक्कली पेज

ओलीको मृत्यु घोषणासहित प्रधानमन्त्रीको नक्कली पेज

प्रधानमन्त्री सुशीला कार्कीका नाममा नक्कली फेसबुक पेज बनाइएको छ । प्रधानमन्त्रीको फोटो र राष्ट्रिय निशाना छाप संयोजन गरेर पिएम सुशीला कार्की नामक पेज प्रयोगमा ल्याइएको छ । 

विशेषगरी उक्त पेजमा राजनीतिक दल र तिनका नेताविरुद्ध अनर्गल प्रचार गरिएको फोटा र विवरण राखिएको छ । सेप्टेम्बर १३ तारिखका दिनदेखि प्रयोगमा ल्याइएको उक्त पेजमा हालसम्म ४ हजार ९३२ साथी बनेका छन् । 

प्रधानमन्त्रीको नाममा चलाइएका नक्कली फेसबुक पेज,त्यसमा राखिएका उत्तेजक भिडियो र फोटो तथा विवरणबारे प्रधानमन्त्री कार्यालयले कुनै प्रतिक्रिया जनाएको छैन । भ्रामक समाचार र फोटोले सर्वसाधारणमा गम्भीर असर पार्दै गएको त्यहीँ  व्यक्त कमेन्टबाट समेत पुष्टि हुन्छ ।

टिप्पणीहरू