झलनाथ पार्टी एकताको विपक्षमा

झलनाथ पार्टी एकताको विपक्षमा

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल पार्टी एकताको विपक्षमा उभिएका छन् । उनले आज जारी गरेको वक्तव्यमा माओवादी केन्द्रसँगको एकता प्रयासलाई “कुबेलाको बाजा” भनेका छन्।

भारतको राजधानी नयाँ दिल्लीमा श्रीमती रविलक्ष्मीको उपचारमा रहेका उनले उतैबाट वक्तव्य जारी गरेका हुन् । पार्टी नेतृत्वको प्रयास र सम्भावित एकतालाई भड्खालोमा लैजाने संज्ञा दिएका छन् ।

भनिएको छ, “यतिबेला हाम्रो पार्टीका लागि कसैसँग पनि पार्टी एकीकरण गर्ने मौसम होइन र छैन, । हामी कोही पनि गलत बाटो हिँड्दै भड्खालोमा पर्ने र अरूलाई पार्ने दिशामा नलागौं।”

एमालेबाट विभाजन पछिको चार वर्षे राजनीतिक यात्राको समीक्षा गरेपछि मात्रै पार्टीको दिशा तय गर्न सकिने उनको ठहर छ । खनालले अहिलेको आवश्यकता पार्टी एकताको सट्टा बृहत राष्ट्रिय मोर्चा भनेका छन् ।

टिप्पणीहरू